शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

माधव नेपालको वरियता खोसियो, झलनाथ अब तेस्रो वरियतामा

सोमबार, भाद्र २ २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालको वरियता खोसिएको छ ।

आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो वरीयतामा खनाललाई राखेको छ भने दोस्रोमा माधवकुमार नेपाल रहने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख नारायकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यस अघि तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण हुदा नेपाललाई वरिष्ठ बनाउदै तेस्रो वरियतामा राखिएको थियो । नेता खनालले त्यति बेला देखि नै आफु तेस्रो वरियतामा हुनुपर्ने माग राख्दै आएका थिए ।

त्यस्तै पार्टीका संगठन विभाग प्रमुख बनेका बामदेव गौतमले अखिल नेपाल किसान महासंघको संयोजक पद छोडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार