शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अध्यक्ष दाहाल युएई प्रस्थान, भ्रमण नितान्त पारिवारिक

बुधबार, साउन १५ २०७६

काठमाडौँ(जस)–पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उनकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार