शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

सोमबार, साउन १३ २०७६

काठमाडौं(जस)–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको गत असारमा काठमाडौंमा बसेको बैठकले “२०७६ लाई संगठन निर्माण बर्ष“ घोषणा गरे बमोजिम तत्सम्बन्धि बिस्तृत कार्ययोजना तयार गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । भोलि सोमबार साउन १३ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा बैठक पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बस्ने बर्तौलाले बताए । बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रमको समिक्षाका साथै सांगठानिक अबस्थाको बारेमा पनि छलफल हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार