काठमाडौं(जस)–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार बस्ने भनिएको बैठक पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफलपछि बैठक स्थगित भएको हो । बैठक आज दिउँसो ३ बजेका लागि सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । नेकपामा स्कूल विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलमध्ये कसलाई बनाउने भन्ने विषयमा विवाद छ । सोही विवादकै कारण सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको छ । पटक पटकका छलफल पछि पनि नेताहरुबीच स्कुल विभाग बारे अझै सहमति जुट्न सकेको छैन । यस अघि पनि विवाद नमिल्दा गत मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । त्यसअघि बिहीबारका लागि पनि बैठक डाकेर स्थगित भएको थियो ।