काठमाडौं(जस)–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखाको बिहिबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । महाकाली नगरपालिका वडा न. ४, खलंगास्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुनाबाट समुद्घाटन सु–सम्पन्न भयो । समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखज्यूहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।
हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।