काठमाडौं(जस)–गित संगीतमा छुट्टै परिचय बनाएका युवा गायक तथा मोडल जय देवकोटाको नयाँ गित बर्खा–२ सार्वजनिक भएको छ । अहिलेकि चर्चित गायिका शान्ति श्री परियार र जय देवकोटाको स्वर रहेको उक्त गितको लय तथा शब्द पनि जय देवकोटा स्वयं कै रहेको छ । स्टुडियो तरङ डिजिटलमार्फत रेकर्डिंग गरिएको बर्खा–२ मा रमा थपलिया, जय देवकोटा, काजल, बाल कलाकारहरुमा मिनी मोडेल वल्र्ड–२०१९ प्रिन्सा खड्का र अभिनव केसीले अभिनय गरेका छन् । मदन खड्काले निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी बिरेन्द्र भट्टले गरेका हुन भने सम्पादन अनिल रानाले गरेका छन् ।
गाउँले जीवनको जीवन्ततालाई उतार्न खोजिएको उक्त म्युजिक भिडियोमा सानोमा आमाले साहुको घरमा काम गरेर आफ्ना छोराछोरी हुर्काउछिन, गरिबीले राम्रो खाना राम्रो लाउन पाएका हुँदैनन । साहुले घरमा दिएको खाना आमाले घरमा लगेर छोराछोरीलाई खुवाउछिन । तर छोराछोरी पछि गएर जेहेन्दार हुन्छन् र भन्छन ‘आमा अब हामी ठुला भैसक्यौँ ! अब हजुरले पिर लिनुपर्दैन’ भन्ने संदेशमुलक कथा समेट्न खोजिएको छ ।