शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको छ : प्रचण्ड

मंगलबार, साउन ७ २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको बताएका छन्।
४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलवार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको स्पष्ट पारे । स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।उनले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको पनि बताएका छन्।
अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको अध्यक्षको भनाई थियो । अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र शसस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताए ।
पार्टी एकताका काम करिव निष्कर्षतिर पुगेको भन्दै उनले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए । एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो । उनले भने कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार