काठमाडौ(जस)–अब शेयर बजारको बारेमा बुझ्नका लागि धेरै सजिलो हुने भएको छ । नेपाली शेयर बजारमा भइरहेको उत्तारचढावबारे जानकारी अब मोबाइलमा नै आउने भएको छ । साथै यस एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिकरुपमा आफ्नो शेयरको जानकारी लिन पाइने भएको छ । जिनियस सिस्टम्सले ‘नेपाल स्टक’ भन्ने एप हालसालै सार्वजनिक गरेको छ। हेर्दा धेरै राम्रो तथा चलाउँदा धेरै सजिलो यो एपमा पोर्टफोलियो ट्र्या्किङ, शेयर बजार समाचार, तथा वाचलिष्ट राख्न मिल्ने प्रविधी राखिएको छ । यस्तै आउँदा दिनमा विभिन्न सुविधाहरु थपिने जानकारी जिनियस सिस्टम्सले दिएको छ । जिनियस सिस्टम्सले नेपाली पात्रो, टाइम्स अफ नेपाल, नेपाली किबोर्ड जस्ता अति उपयोगी एपहरुको सूची मा ‘नेपाल स्टक’ पनि थपेको छ।यो एप एन्ड्रोइड र एप्पल दुवैमा उपलब्ध छ ।