काठमाडौं(जस)–रेस्पोन्सिभ मिडिया प्रालिले गत बर्षबाट सुरु गरेको म्युजिक अवार्ड ‘सगरमाथा म्युजिक अवार्ड’ले यो बर्ष पनि निरन्तरता पाउने भएको छ । आयोजक रेस्पोन्सिभ मिडियाले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘सगरमाथा म्युजिक अवार्ड २०७६’को आवेदन खुल्ला भएको जानकारी दिएको हो । २०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म तोकिएको छ । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् । सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।