काठमाण्डौं (जस)–जेब्रा क्रसिङ,आकाशे पुल सब वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? कि फुटपाथ छाडेर सडकबाटै जथाभावी हिड्नुहुन्छ ? आजवाट त्यो बानी छ भने त्यागीदिनुहोस किनभने अव कतार ट्राफिक महाशाखाले जथाभावी बाटो काट्ने पैदल यात्रीलाइ कारवाही गर्ने भएको छ । गृह मनत्रालय अन्तर्गत रहेको सार्वजानिक सम्वन्ध विभागको सहकार्यमा ट्राफिक महाशाखाले आइतवार दोहामा एक क्रार्यक्रम गर्दै अगस्ट १ तारीक देखी लागूहुने गरी १००,२०० र ५०० सम्म जरविाना हुने जानकारी दिएको छ । दोहामा स्थापित सम्पूर्ण नेपाली संघ संस्था हरुले आगामी हप्ता र महिनाभरी आयोजना गर्ने सम्पुर्ण कार्यक्रम हरुमा यस नयाँ नियम बारे सचेतना प्रवाह गरिदिनु हुन हार्दिक अनुरोध छ। Pedestrians face fines of QR100, QR200 and QR500 for violating traffic rules from August…
ट्राफिक नियम अनुसार त्यहाँ ३ प्रकार सम्मको जरीवाना हुनेछ ।
१. सार्वजानिक सडकमा हिड्ने पैदल यात्रीले सडक पेटी प्रयोग नगरे वा सडक पेटी नभएको ठाउँमा चालकको विपरीत दिशातर्फको क्यारिजवेको देब्रेतिरको बाटो प्रयोग नगरे या उल्टो दिशातर्फ हिडेमा कतारी १०० रियल जरिवाना हुनेछ ।
२. बाटो काट्दा नजिकै आइरहेको सवारी साधनको गतिलाई पनी ध्यानमा राख्नुहोस् । यदी पैदल यात्रीहरुले बाटो पार गर्दा जेबा्रक्रसिङको प्रयोग नगरेमा कतारी २०० रियल जरिवाना हुनेछ ।
३. दुर्घटनावाट जोगिन बाटो काट्नको लागी तोकिएको ठाउँमा पनी ट्राफिक बत्तीको सम्मान गर्नुहोस ।यदी पैदल यात्रीहरुले सवारी साधन गूड्ने हरीयो र पहेलो बत्ती बलेको बेलामा बाटो काटेमा प्रहरीले सवारी साधन गूड्न अनूमती दिएको बेलामा या कूनै पनी शैनिक परेड भएको बेलामा बाटो काटेमा कतारी ५०० रियल जरिवाना लाग्नेछ ।







