धनगढी विस्फोट : एक घाइतेको मृत्यु

धनगढी, ३ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटस्थित निलम होटलमा हिजो भएको बम बिष्फोटमा परी घाईते भएका राम सिंहको मृत्यु भएको छ ।

सिंहले भिरेको झोलाभित्र रहेको बम भित्तामा अढेस लगाउँदा प्रेसरले पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । उनलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भए पनि बाहिर लैजान नसकेपछि उनको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो ।

सिंह बझाङको चैनपुरका बासिन्दा भएको प्रहरीले जनाएको छ । बिष्फोटमा परी घाईते भएका अरु चार जनाको माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ । विस्फोटमा विप्लव नेतृत्वको नेकपाका कार्यकताको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।