बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

अन्ततः रोयल क्यासिनोकी सञ्चालिका जयन्ती सम्पत्ति शुद्धीकरणको फन्दामा

शुक्रबार, साउन ३ २०७६

काठमाडौं(जस)–अन्ततः निकै विवादास्पद मुद्दा बनेको रोयल क्यासिनोको मुद्दामा सम्पत्ति शुद्धीकरण विभागले रोयल क्यासिनोकी एक लगानीकर्ता जयन्ती थापालाईे नियन्त्रणमा लिएको छ । होटल याक एण्ड यति परिसरमा रोयल क्यासिनो गिल्ट इन्भेष्टमेन्ट प्रालिको नाममा सञ्चालन हुँदै आएको छ । थापाले अवैध ढंगबाट क्यासिनोमा लगानी गरेको भन्दै विभागमा मुद्दा परेपछि विभागले लामो समयको अनुसन्धानपछि थापालाई नियन्त्रणमा लिएको हो । यही बुधबार विभागले थापालाई क्यासिनोसँग सम्बद्ध कागजातसहति नियन्त्रणमा लिएको बताइएको छ ।
लामो समयदेखि सरकारलाई बुझाउनुपर्ने राजस्व र मजदुरलाई दिनुपर्ने तलबभत्ता नदिई अदालतको आदेशबाट सञ्चालनमा रहेको रोयल क्यासिनोलाई केही समयअघि मजदुरहरुले कब्जामा लिएका थिए । एकातर्फ मजदुरले सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्ती थापामगरले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु गराउनु भन्दै दोस्रो पत्र पठाएपछि अन्नत थापामगर अप्ठ्यारोमा परेकी थिइन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले गिल्ट इन्भेष्टमेण्ट प्रालि दरवारमार्गको नाममा दोस्रो पत्र पठाई बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ । सो विभागले पठाएको पत्रमा सर्वोच्च अदालतको मिति २०७२र११र१५ को अन्तरिम आदेशबमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण सेयर साबिक सञ्चालक सुरेन्द्रबहादुर सिंहको नामबाट जयन्ती थापाको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७५र५र१७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको थियो ।

कम्पनीको सेयर हस्तान्तरणका समयमा साबिक सञ्चालक र हालको सञ्चालकबीच कम्पनीले सरकारलाई बुझाउनुपर्ने बक्यौता भुक्तानी सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ, सो सेयर खरिदबिक्री सम्झौताको एकप्रति यथाशीघ्र विभागलाई उपलब्ध गराई कर चुक्ता गर्न समेत निर्देशन दिएको विभागले जनाएको छ । महालेखा परीक्षकबाट लेखापरीक्षणका क्रममा कायम भएको बेरुजु र क्यासिनो सञ्चालनबापतको रोयल्टी त्यसमा लाग्ने शुल्क तथा थप शल्क समेतको बक्यौता रकम यस विभागसँग समन्वय गरी १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको भएपनि थापाले रकम तिरेकी थिइनन् । पर्यटन विभागले क्यासिनो रोयलकी सञ्चालिका थापामगरले पठाएको पत्रबाट चित्त नबुझेपछि पुनः पठाएको पत्रको जवाफ दिनुभन्दा अघि आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसक्ने देखिएपछि नयाँ लगानीकर्ताको खोजीमा सक्रिय भएकी थिइन् । थापामगरले आफू सुरक्षित हुन र कारबाहीबाट बच्नकै लागि लामो समयदेखि विभिन्न क्यासिनोमा रहेर कर र बक्यौता नबुझाई भागेका मनोज सुबेदीसँग क्यासिनो रोयलमा लगानीकर्ताको रुपमा भित्र्याउने गरी वार्ता गरि भारतीय लगानीकर्ता लाई धोका दिएकि थिइन ।
सुरेन्द्रबहादुर सिंहसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन गरी कारबाहीको माग राख्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेपछि सो कारबाहीबाट जोगिनकै लागि मनोज सुबेदी नामको व्यक्तिलाई क्यासिनोमा भित्र्याउ तयारी गरेको समेत स्रोतको भनाइ रहेको छ । उनीहरुले कर्मचारीहरुको करौडौ तलब र संचयकोष समेत तिर्न बाँकी रहेको छ ।
थापासहित सो क्यासिनोमा सुनिल रायमाझी, भारतीय नागरिक आशिष पटेललगायतको लगानी रहेको बताइएको छ । सुरेन्द्रबहादुर सिंहबाट जयन्ती थापाको नाममा क्यासिनो नामसारी गरिएपछि सामान्य कर्मचारीले सो क्यासिनोको सेयर खरिद गरेको रकमको स्रोत नखुलेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै विभागमा उजुरी परेको थियो । सिंहले थापालाई क्यासिनो नामसारी गर्दा २५ करोड चुक्ता पुँजी समेत नबुझाई १३ करोड २८ लाख ५९ हजार ४ सय १४ रुपैयाँ मात्र बुझाएका थिए । भारतीय नागरिक पटेलले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार लगानी नभित्र्याई क्यासिनोमै काम गर्ने मजदुर जयन्तीको नाममा २५ करोडको सेयर गिल्ट इन्टरनेशनलका सुरेन्द्रबहादुर सिंहबाट किनेका थिए ।
सुरेन्द्रबहादुरबाट २०७५ भदौ १७ मा पटेलले क्यासिनो किनेका थिए । तर, पटेलको पैसामा क्यासिनो किनेकी थापाले त्यसपछि ती पटेललाई नै निकालेको आरोप लागेको छ । पटेललाई क्यासिनोबाट निकालेपछि थापाले सुनिलजंग रायमाझी, मनोज सुवेदी, गोकर्ण लामिछाने, अनिशलगायतसँग मिलेर क्यासिनो सञ्चालन गर्न थालेकी थिइन । थापाले भारतमा बस्ने आशिष पटेललाई क्यासिनोभित्र प्रवेश नदिन कर्मचारीलाई निर्देशन दिँदै उनलाई अनलाइन मोनिटरिङ सिस्टमबाट समेत हटाई क्यासिनोबाट हटाएको आरोप लागेको थियो । जयन्तीको २५ करोड रुपैयाँको स्रोतको छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेसँगै अनुसन्धान हँुदै आएको थियो । पटेलको लगानी जयन्तीमार्फत गरिएपछि उनको आयस्रोत खुल्न नसकेपछि सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले कर चुक्ता नै नगरी सुरेन्द्रबहादुरको नामको गिल्ट इन्भेष्टमेन्ट प्रालि जयन्तीको नाममा नामसारी गरेको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अर्कोतर्फ सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्तीले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु÷गराउनु भन्दै दोस्रो पत्र पठाएपछि थापामाथि थप अनुसन्धान भएको थियो । अहिले क्यासिनोका पीडित कर्मचारीहरुले पर्यटन विभाग, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, राजस्व कार्यालय र नेपाल सरकारलाई जयन्ती विदेश भाग्न लागेकोले उनको पासपोर्ट कब्जा गरेर राखी सरकारलाई तिर्नुपर्ने राजस्व १३ करोड २८ लाख ५९ हजार ४ सय १४ र मजदुरहरुको १७ करोडभन्दा बढी तलब र सञ्चयकोष तत्काल चुक्ता गराउनसमेत माग गरिएको छ ।
सो विभागले पठाएको पत्रमा सर्वोच्च अदालतको २०७२ साल फागुन १५ को अन्तरिम आदेशबमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण सेयर साबिक सञ्चालक सुरेन्द्रबहादुरको नामबाट जयन्तीको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको २०७५ भदौ १७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको थियो । सुरेन्द्रबहादुरसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन सुरु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार