काठमाडौं(जस)–एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल बीच स्वास्थ्य सेवामा छुट दिनेबारे सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०५ सम्म र फार्मेसीमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरेका छन् ।