काठमाडौं (एजेन्सी)–नयाँ सिजन सुरु अघि अहिले सबै क्लबहरु प्र(सिजन टुर र प्रशिक्षणमा व्यस्त भएका छन् । यसैबीच हाल अमेरिकामा सुरु भएको इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले विजयी सुरुवात गरेको छ । विहिबार भएको खेलमा आर्सनलले बायर्न म्युनिखलाई २(१ गोल अन्तरले पराजित गरेको छ ।
आर्सनलका लागि एडी एनकेटिहले एक गोल गरे भने एक गोल बायर्नका लुइस पोजनासिकले आत्मघाती गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । प्रिसिजन मा जारी यो इन्टरनेसनल च्याम्पियन्स कपमा युरोपका उत्कृष्ट १२ क्लब सहभागी रहेका छन् । यस प्रतियोगितामा आर्सनल, बायर्न म्युनिख, फियोरेनटिना, एथलेटिको म्याड्रिड, बायर्न म्युनिख, बेनिफिका, इन्टरमिलान, युभेन्टस, म्यानचेस्टर युनाइटेड, एसी मिलान, रियल म्याड्रिड, टोटनह्याम र गउडालाजारा खेलिरहेका छन् ।