सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

गुरुपूर्णिमाका अवसरमा डोजोमा कार्यक्रम

मंगलबार, असार ३१ २०७६

काठमाडौं(जस)–नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो लगनखेल ललितपुरमा गुरुपूर्णिमाका अवसरमा पूजाआजा, शुभकामना प्रदान एवम् आशीर्वाद लिएर मनाइएको छ ।ललितपुरको लगनखेलमा रहेको डोजोको प्रशिक्षण हलमा खेलाडी र गुरुहरूले आज मंगलबार केक काटेर गुरुपूर्णिमा पर्व मनाएका हुन् । लगनखेलको डोजो नेपाल कै उत्कृष्ट मानिन्छ । लगखेल डोजोका संथापक गुरु राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनसहितका खेलाडी र प्रशिक्षकहरूले गुरुपूर्णिमा विशेष रुपमा मनाएका छन् ।
गुरुपूर्णिमाको पूजामा करातेका पूर्व राष्ट्रिय खेलाडीहरूले वरिष्ठ प्रशिक्षक विक्रमबहादुर श्रेष्ठ, करातेका नेशनल कोच तथा आठौँ साफ स्वर्ण पदक बिजेता गंगाराम महर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष एवम् आठौ, नवौँ साफ गेम स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडीहरू दयाराम महर्जन, श्याम महर्जन, सागर श्रेष्ठ, ध्रुब खनाल, बुद्धिबहादुर श्रेष्ठ, उमेश ढुंगेल, सुरेन्द्र कपाली, विनोद महर्जन (ए), मुकुन्द्र महर्जन, विनोद महर्जन (बी), सागर चित्रकार दीपेन्द्र श्रेष्ठ, चन्द्र श्रेष्ठ, विप्लव श्रेष्ठ लगायतका खेलाडीहरूको उपस्थिति रहेको थियो । गुरुपूर्णमाको पूजामा डोजोका संथापक गुरु मीनकृष्ण महर्जनले केक काटेका थिए । पूजाका क्रममा आपसमा आशीर्वाद तथा शुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार