काठमाडौं (जस)–प्रोग्रेशिभ फाइनान्स लि.को एक्काइसौं तथा बाइसौं बार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७३र७४ र २०७४र७५ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे । सो साधारण सभाले आर्थिक वर्ष २०७३र७४ र २०७४र७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७५र७६का निम्ति बाह्य लेखा परीक्षकका रुपमा एसएमसी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको कम्पनी सचिव विशाल हुमागाईँले बताए । साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थापक समूहबाट किशोरकुमार महर्जन, लक्ष्मीप्रसाद महर्जन एवम् शम्भुलाल डंगोल निर्विरोध सञ्चालक निर्वा्चित भए । सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन एवम् सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वा्चित भएका हुन् । नवनिर्वा्चित सञ्चालकहरुलाई निर्वाचन अधिकृत रोशनकुमार बजिमयले प्रमाणपत्र वितरण गरे । साधारण सभा लगत्तै बसेको नवनिर्वा्चित संचालक समितिको बैठकले किशोरकुमार महर्जनलाई पुनःअध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको छ ।