सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक

बिहिबार, असार २६ २०७६

काठमाडौं(जस)–नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको ट्रेलरबाट सजिलै अनुमान गर्न सकिन्छ । फिल्ममा नव(अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको पनि प्रमुख भूमिका छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । रमेश थापाको निर्देशनमा बनेको यो फिल्म ‘साइनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
अभिमन्यू निरवी ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । उनी अभिनीत पछिल्लो फिल्म ‘रोज’ हो । फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार