लिए पद तथा गोपनीयताको सपथ
काठमाडौँ(जस)–काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् । केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए । नीजि कलेज सञ्चालकको रुपमा ख्याती कमाएका सिलवाल नीजि विद्यालयहरुको छाता संगठन हिसानका अध्यक्ष हुन् ।
नेकपा निकट खेलकुद संस्था मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्ष उनी गोल्डेन गेट कलेजको सिइओ पनि हुन् । सिलवाल नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गर्नु अघि राखेपद्वारा गठित क्यान तदर्थ समितिका संयोजक समेत थिए ।खेलकुद सिलवालले लिए सपथ
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले पद तथा गोपनीयताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा सपथ गराएका हुन् । उनी धादिङ बेनीघाटका स्थायी बासिन्दा हुन् ।