बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सिटिजन्स बैंकद्वारा थहिटिमा सुविधा सम्पन्न भवनबाट कारोबार सुरु

सोमबार, असार १६ २०७६

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थहिटि शाखा कार्यालय हाल रहेको भवन (काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १७) नजिक सोहि वडामा रहेको शिवजी भवनमा स्थानान्तरण गरि बैंकिङ्ग कारोबार संचालन गरेको छ । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउँने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार