काठमाडौं(जस)–एन आई सी एशिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सत्रसय शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरे । बैंकले उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङ्गलाई नियुक्त गरेको छ ।