बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

महिन्द्रा मनसुन सर्भिस क्याम्प १८ गतेबाट

आइतबार, असार १५ २०७६

काठमाडौं(जस)–नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रपअन्तर्गत बालाजु अटोवर्कस्ले मनसुन सर्भिस क्याम्प संचालन गर्ने भएको छ । ‘मनसुन सर्भिस क्याम्प’ यहि आषाढ १८ देखि २० गते सम्म संचालन हुनेछ । यो मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङगे्र गाडीहरुलाई विभिन्न ३० चेक प्वाइटहरुमा दक्ष प्राविधिकहरुले जाँच गर्नेछन् । साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिने छ ।
यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरुलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यहरुमा १० प्रतिशत छुटको व्यवस्था साथै निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्नै व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । मनसुन सर्भिस क्याम्प आषाढ १८ देखि शुचारु भइ २० गते सम्पन्न हुनेछ । यो सेवा नेपाल भर एकैचोटी बालाजु अटो वर्कस् अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरुमा उपलब्ध हने छ । महिन्द्रा गाडीका ग्राहकहरुले योे विषेश सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक र्वक शपमा छिटो भन्दा छिटो बुकिङ्ग गर्नु पर्ने जानकारी कम्पनीले गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार