बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सिटी एक्सप्रेस मनी ट्रान्सफर र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता

आइतबार, असार १५ २०७६

अब विदेशमै बसेर नेपालम टिभी किन्न मिल्ने
काठमाडौं (जस)–नेपालका लागि सामसङको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्सका प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका चन्द्र टण्डनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यस कामको सुरुवात यही जुलाई १ बाट हुनेछ ।
हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो सुरुवात गरेको हो । यसको सुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुनेछन् जस्तै उनीहरुले वारेन्टी दावी गर्न सक्नेछन, ओसार–पसार छिटो हुनुका साथै त्यस क्रममा हुने तोडफोडको जोखिम समेत परिपूत्र्ति हुनेछ । साथै हिम इलेक्ट्रोनिक्सले मध्यपूर्व देशहरुमा टिभी किन्दा लाग्ने रकममै सामसङ टिभी प्रदान गर्दछ ।
यसका लागि मध्यपूर्व देशहरुमा बस्ने प्रवासीहरुले सिटी एक्सप्रेस मनी ट्रान्सफरको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टिभी छनौट गर्ने, काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र विक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउने । त्यसपश्चात, यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलेक्ट्रोनिक्सको विक्रेताबाट टिभी घर लग्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार