मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

वैदेशिक रोजगार बोर्ड सचिवालयको बैठक सम्पन्न, यस्ता भए निर्णय (निर्णयहरु सहित)

सोमबार, असार ९ २०७६

काठमाडौं(जस)– आइतबार वैदेशिक रोजगार बोर्ड सचिवालयको बैठक सम्पन्न भएको छ । वैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको अध्यक्षतामा नियमित वैठक सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र विरामी भै स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएको अवस्थामा विरामी भै उपचारको क्रममा मृत्यु भएका ११४ जना कामदारका परिवारका नजिकका हकदारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सचिवालयले दर्ता भएका निवेदनहरु र सँलग्न कागजातहरुको छानविन गरी बोर्ड बैठकमा निर्णयार्थ पेश गरेको थियो । ११४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप रु। ६ करोड ६६ लाख व्यवस्था गरेको छ ।
यसैगरी, वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दूर्घटनामा परी गम्भिर चोटपटकका कारण कोमामा उपचाररत् तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरव, कतार, कुवेत, युएईलगायतका मुलुकहरुका विभिन्न अस्पतालमा उपचाररत् २८ जना नेपाली विरामीहरुलाई स्वदेशमा ल्याई उपचार गराउने सन्दर्भमा गम्भिर छलफल गरेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत् गम्भिर प्रकृतिका विरामीहरुको संकलित तथ्यांकहरु उपर छानविन गरी नेपाल ल्याउने प्रकृया÷मापदण्डहरु सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश गर्नेछ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयको बैठक र भएका निर्णयहरु :
– मिति २०७६ असार ८ गते आईतबार वैदेशिक रोजगार बोर्डका अध्यक्ष माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री गोकर्णराज विष्टज्यूको अध्यक्षतामा नियमित वैठक सम्पन्न भएको छ ।

-वैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र विरामी भै स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएको अवस्थामा विरामी भै उपचारको क्रममा मृत्यु भएका ११४ जना कामदारका परिवारका नजिकका हकदारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सचिवालयले दर्ता भएका निवेदनहरु र सँलग्न कागजातहरुको छानविन गरी बोर्ड बैठकमा निर्णयार्थ पेश गरेको थियो । ११४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप रु. ६ करोड ६६ लाख व्यवस्था गरेको छ ।

-यस्तैगरी, वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दूर्घटनामा परी गम्भिर चोटपटकका कारण कोमामा उपचाररत् तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा दक्षिण कोरिया, साउदी अरव, कतार, कुवेत, यु.ए.ई. लगायतका मुलुकहरुका विभिन्न अस्पतालमा उपचाररत् २८ जना नेपाली विरामीहरुलाई स्वदेशमा ल्याई उपचार गराउने सन्दर्भमा गम्भिर छलफल गरेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत् गम्भिर प्रकृतिका विरामीहरुको संकलित तथ्यांकहरु उपर छानविन गरी नेपाल ल्याउने प्रकृया÷मापदण्डहरु सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश गर्नेछ ।

-वैठकले वाग्लुङ्गका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेवियामा मृत्यु भएको तर अस्पतालवाट शव पठाउदा शव चिन्न नसकिने अवस्थामा रहेकोले मोरङका सुवास तामाङ्ग भनी पठाएकोे र सुवास तामाङ्गको परिवारले तामाङ संस्कार अनुसार दाह संस्कार गरि नियमानुसार सचिवालयवाट आर्थिक सहायता समेत प्राप्त गरिसके पश्चात सुवास तामाङ्ग जीवितै नेपाल फर्केको, सन्दर्भमा समेत गम्भिर रुपमा छलफल गरी मृतक तेजेन्द्र भण्डारीको हकमा निजको वृद्ध आमा र नावालकलाइ क्षतिपुर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने, सोही घटनामा अर्को पीडित सुवास तामाङको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायताको सम्बन्धमा निजको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै, पीडित सुभास तामाङको हकमा समेत उचित निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत्र सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

-बोर्ड बैठकमा राष्ट्रिय योजना आयोगका डा. रामकुमार फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री महेश दहालका साथै बोर्ड सदस्यहरुको सकृय सहभागिता रहेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार