सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मकाउमा जि. पि कोईराला फाउन्डेसनको स्थापना

बिहिबार, असार ५ २०७६

काठमाडौं(जस)– गिरिजाप्रसाद कोईराला फाउन्डेसनको नया क्लस्टर बिदेशी भुमी मकाउमा स्थापना भएको छ। नेपाल सरकारको पूर्व उपप्रधानमन्त्री एंव नेपाली कांग्रेसकी केन्द्रिय सदस्य माननिय सुजाता कोईरालाले मकाउमा नेपाली कांग्रेस निकट नेपालीहरुले आयोजना गरेको एक कार्यक्रमका बिच G.P koirala foundation, Macau को समउदधाटन गर्नु भएको हो।\


G.P koirala foundation Asia pacific का संयोजन सुदर्शन थापा मगरको सभपतित्वमा आयोजित सो कार्यक्रममा , नेपाली जनसम्पर्क समिति मकाउका उपाध्यक्ष एंव महादिवेशन प्रतिनिधी चन्डि योगां, गैर आवासिय नेपाली संघ मकाउकी अध्यक्ष एंव महादिवेशन प्रतिनिधी शान्ती अधिकारी, G.P koiral foundation का कार्यलय सचिव राम भण्डारी लगाएत G.P Koirala foundation प्रति आस्था राख्नेहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै सभापति थापा मगरले माओवादिलाई शान्ती प्रकृयामा ल्यायर देशमा शान्ती स्थापना गर्नमा स्व. गिरिजाप्रसाद कोईरालाको योगदान रहेकोले नोवल शान्ती पुरस्कार उहाले पाउनुपर्ने बताउनुभयो। उहॉले G.P koirala foundation एसिया प्यासिफिक र मकाउले नेपालको खेलकुद, स्वास्थय र गरिव जनताहरुलाई सहयोग गर्ने पनि जनाउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार