मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

खल्तीसँग कामना सेवाले कारोबार गर्ने

बुधबार, असार ४ २०७६

काठमाडौं(जस)–विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार