मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा छुट

बुधबार, असार ४ २०७६

काठमाडौं(जस)–ग्लोबल आइएमई बैंक र सुमेरु अस्पताल बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पतालका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।
उक्त सम्झौता पछि ललितपुरको धापाखेलमा अवस्थित सुमेरु अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार