काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार अब पेट्रोल एक लिटरको १०८ रुपैयाँ पर्छ । यसैगरी डिजेल र मट्टितेल प्रति लिटर ९६ रुपैयाँ ५० पैसा पर्दछ । घटाइएको मूल्य आइतबार मध्यरातदेखि लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।