काठमाडौं(जस)– नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकको हितलाई दृष्टिगत गर्दै टि भी एस स्ट्राइकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस् योजना अघि सारेको छ । जगदम्बा मोटोर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बीरगंजको म्याक्स अटो, जितपुरको सगरमाथा ट्रेडर्स, कलैयाको करण इन्टरप्राइजेज, निजगढको माँ अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एण्ड सेन्टरको माध्यबाट आफ्ना टिभीएसका ग्राहकलाई लक्षित गरी टि भी एस स्ट्राइकर मेला शोरुम नजिकैको स्थानहरुमामा ३१ गते बाट असार ३ गते सम्म संचालनमा भैरहेको जनाएको छ । टिभीएस स्ट्राइकर मेलामा ग्राहकहरुको भिड लागेको छ, निखिल उप्रेतीलाई भेट्न पाउने भएपछि ग्राहकहरुले चढीरहेको बाइक पनि एक्चेन्ज गरेर स्टाइकर बाइक खरिद गरिरहेको जनाइएको छ ।