काठमाडौं, १ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।
अष्ट्रेलियाले दिएको ३३५ रनको फराकिलो लक्ष्य पछ्याएको श्रीलंका ४५ ओभर ५ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो ।
श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले ९७, कुशल परेराले ५२, कुशल मेन्डिसले ३०, लाहिरु तारिमनेले १६, धनन्जय डि शिल्भाले १६, एन्जिलो मैथ्युजले ९, तिसेरा परेराले ७, इसुरु गडानाले ८, लाथिस मलिङ्गाले १ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ४, केन रिचड्सनले ३, प्याट कमिन्स २ र जोसन बेहनडर्फले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले १५३, स्टिभ स्मिथले ७३, ग्लेन म्याक्सवेलले अविजित ४६, डेभिड वार्नरले २६, उस्मान खवाजाले १०, शन मार्शले ३, एलेक्स करीले ४ र मिचेल स्टार्कले ५ रन बनाए ।
श्रीलंकाका इशुरु उडाना र धनन्जय डी सिल्भाले २/२ तथा लाथिस मलिङ्गाले १ विकेट लिए ।