सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ । वीर अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा ८४ वर्षीया लाल माया टण्डनको शनिवार विहान निधन भएको हो ।

लालमायाको ३ छोरा र ४ छोरी छन् । उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

चन्द्रटण्डन सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक , सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध छन् । उनी यसअघि विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार