एसपी चर्तुबेदीको अर्को सफलता : दुई दिनमै करिब ३८ लाख बराबरको समान बरामद

आलोक यादव
सिरहा । नेपाल र भारतको सीमामा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्बेदीले निगरानी बढाएका छन । एसपी चतुर्बेदी सीमामा निगरानी बढाउनसाथ दुई दिनमै करीब ३८ लाख ७५ हजार ६ सय बराबरको मालसमान बरामद भएको हो । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी चतुर्बेदीको निगरानी बढेको बताइएको छ । प्रहरी सिरहाको विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोली र प्रहरी चौकी लगडीगोठका संयुक्त टोलिले सिरहा नगरपालिका वडा नम्बर (१८ जरुवा टोल स्थित नेपालबाट अबैध रुपमा भारततर्फ लादै गरेको स १ च १३४९ नम्बरको बोलेरो गाडिमा १० वटा राँगाको मुल्य करिब २ लाख र बोलेरो गाडी मुल्य करिब ३५ लाख गरि जम्मा ३७ लाख बराबरको मालसामान र गाडी चालक जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर (४ बस्ने अन्दाजी वर्ष ३० को सिताराम साहलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाइएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय ठाडीबाट खटिएको प्रहरीको टोलीले करिब १० हजार बराबरको मदिरा बरामद गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहा मातहत प्रहरी चैकी खिरौना सिरहाबाट खटिएको प्रहरी टोलिले जिल्ला सिरहा जिल्ला सिरहा नगरपालिका वडा नम्बर १५ स्थितमा चेक जाँच गर्ने क्रममा प्रहरीले निम्न परिमाणको अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । प्रहरीले करिब ४१ हजार १ सय चालिक बराबरको किरणा समान बरामद गरेको छ ।
बरामद गरिएको समान भन्सार कार्यालय माडर सिरहा बुझाएको जनाइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोली र प्रहरी चौकी माडर सिरहाबाट समेत संयुक्त टोलिले सिरहा नगरपालिका वडा नम्बर ( १५ सुखचैनाचौकमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको करिब ६५ हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जनाइएको छ । यसै बीच जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर ( ४ स्थित भित्री सडक खण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा महनौरबाट गोलबजार तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलिले करिब ३९ हजार बराबरको लताकपडा फेला पारी बरामद गरेको छ । बरामद सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहा मातहत इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलिले सिरहा नगरपालिका वडा नम्बर ( १७ स्थित भारतबाट नेपाल तर्फ भन्सार छली ल्यादै गरेको करिब १० हजार ५ सय बराबरको अवैध सुर्ती पक्राउ गरी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यलय सिरहाका डिएसपी अपिल राज बोहराले जानकारी दिए ।