आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

‘प्रेमगीत ३’ का मुख्य अभिनेता सार्वजनिक

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौं(जस)–२०७६ कै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शक सामु प्रस्तुत गरेको छ । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा प्रतिभाशाली युवा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका मनिष राउतले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनीसँग दर्जनौं लघु चलचित्रमा काम गरेको अनुभब छ ।
दर्शकले अत्याधिक रुचाएको प्रेमगीत सिरिजको तेश्रो श्रृखलामा यी नयाँ अनुहारलाई मुख्य अभिनेताको रुपमा इन्ट्री गराएको हो । निर्माण टिमले नव अभिनेता राउतका केहि क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिन्छन् भने अर्कोमा बन्चरो सहित देखिएका छन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो चलचित्र नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने पक्का भैसकेको छ ।
चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको चलचित्रलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ मिलेर निर्माण गर्दैछन् । प्रेम गीत ३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । प्रेम गीतका यस अघिका दुई फिल्ममा अभिनेता प्रदीप खड्काले अभिनय गरेका थिए । दुवै फिल्म बक्स अफिसमा सुपरहिट भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार