मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

रियलमा औपचारिक रुपमा अनुबन्ध भए हाजार्ड

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौं (एजेन्सी)–स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले बेल्जियम एवं चेल्सीका स्ट्राईकर इडेन हाजार्डलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ । बिहिबार राति रियलले हाजार्डलाई आधिकारिक अनुबन्ध सहित सार्वजनिक गरेको हो । २८ बर्षीय हाजार्डलाई रियलले पाँच बर्षका लागि एक सय ५० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । उनी २०२४ सम्म रियलमा रहनेछन् । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो रियल छाडेर गतबर्ष इटालियन क्लब युभेन्टस लागेपछि रियलको प्रदर्शन खस्किएको थियो । अहिले रियलले हाजार्डलाई रोनाल्डोकै स्थानमा हेरेको छ । त्यसैले हाजार्डलाई रियलले ७ नम्बर जर्सी दिने तयारी गरेको छ ।
हाजार्डको बिहिबारनै स्वास्थ्य परिक्षण समेत भएको छ । सार्वजनिक कार्यक्रमा बोल्दै हाजार्डले सपनाको क्लबमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताए । उनले रियलको जर्सीमा खेल्न गाह्रो हुने ठानेपनि चुनौतीको सामना गर्न तयार रहेको प्रतिक्रिया दिए । सान्टियागो बर्नबेउमा हाजार्डको सार्वजनिक कार्यक्रममा फुटबल समर्थको ठूलो भिड लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार