मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

फिफा वरियतामा खस्कियो नेपाल

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौं(जस)–विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाल चार स्थान खस्किएको छ । फिफाले सुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान खस्किएर एक सय ६५औं स्थानमा पुगेको हो । नेपाल अघिल्लो महिना एक सय ६१औं स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि रहेको भारत समग्रमा एक सय १ स्थानमा छ । माल्दिभ्स एक सय ५१औं स्थानमा छ । बंगलादेश एक सय ८३औं, भुटान एक सय ८६औं, श्रीलंका दुई सय १ र पाकिस्तान दुई सय ३ स्थानमा छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौंथो र पोर्चुगल शीर्ष पाँचमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार