मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोपा अमेरिका : काउन्टिन्हो चम्किँदा ब्राजिलको सहज जीत

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौं (एजेन्सी)–घाइते स्टार खेलाडी नेयमार बिना मैदानमा उत्रेको ब्राजिलका लागि फिलिपे काउन्टिन्हो चम्किँदा कोपा अमेरिकाको पहिलो खेलमा बोलिभियामाथि ३–० को सहज जित हासिल गरेको छ । ब्राजिलको जीतमा काउन्टिन्होले दुई तथा एभर्टन सोआरेसले एक गोल गरे । सबै गोल ब्राजिलले दोस्रो हाफमा गरेको थियो । दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कपको ४६औं संस्करण शनिबार बिहानदेखि ब्राजिलमा सुरु भएको हो । जुलाई ७ तारिखसम्म सञ्चालन हुने कोपा अमेरिका कपमा एसियाली देश जापान र कतार सहित १२ टोलीको सहभागिता रहने छन् ।
सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया रहेका छन् । समूह ‘बी’ बाट अर्जे्न्टिना, कोलम्बिया, पराग्वे, एसियाली टोली कतारले प्रतिस्पर्धा गर्नेछ । समूह ‘सी’ मा उरुग्वे, साविक विजेता चिली, इक्वेडर र अर्को एसियाली टोली जापान रहेको छ । समूहका शीर्ष दुई टोली र दुई उत्कृष्ट तेस्रो टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । कोपा अमेरिका कप महादेश स्तरीय प्रतियोगिता भएकोले यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई मात्र समेटिने गरिन्थ्यो । यस प्रतियोगिता दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले आयोजना गर्दै आएको छ । कोन्मेबोल मा १० देश आवद्ध छन् ।
आयोजकले समय सयममा अन्य टोलीलाई पनि पाहुना (आगन्तुक) को रुपमा सहभागी गराउँदै आएको छ । त्यसैले यसपटक सन् २०२२ को विश्वकप आयोजक कतार र एसियाली फुटबलको पावर हाउस जापानलाई आगन्तुक टोलीको रुपमा समावेश गरिएको हो । कोपामा कतारको पहिलो सहभागिता हो । जापानले भने दोस्रो पटक कोपा खेल्दैछ । जापानले यसअघि सन् १९९९ आगन्तुक टोलीको रुपमा कोपा अमेरिका खेलेको थियो । कोपा अमेरिकाको सर्वा्धिक सफल टोली उरुग्वेले हो । उसले सर्वाधिक १५ पटक उपाधि जितेको छ । त्यसपछि अर्जे्न्टिनाले १४ पटक उपाधि उचालेको छ । आयोजक ब्राजीलले आठ पटक उपाधि जितेको छ । यसैगरी पराग्वे, चिली र पेरुले दुई दुई पटक तथा बोलिभिया र कोलोम्बियाले एक एक पटक उपाधि चुमेका छन् । चिलीले पछिल्लो दुई पटक लगातार उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार