मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोपामा ब्राजिलको विजयी सुरुवात, कोटिन्होले गरे दुई गोल

शनिबार, जेष्ठ ३२ २०७६

काठमाडौँ । कोपा अमेरिका अन्तर्गतको उद्घाटन खेलमा ब्राजिल विजयी भएको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरको छ ।

ब्राजिलको जितमा फिलिप कोटिन्होले २ गोल गरे भने एभर्टनले एक गोल गरेका थिए ।

खेलको पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको दोस्रो हाफमा ब्राजिलले ३ गोल गरेको थियो । कोटिन्होले ५०औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै रोबेर्ट फिर्मिनोको असिस्टमा कोटिन्होले नै दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ८१औ मिनेटमा डेभिड नेरेजको ठाउमा सबस्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका एभर्टनले खेलको ८५औ मिनेटमा गोल गर्दै ब्राजिलको अग्रता तेब्बर पारेका थिए ।

कोपा अन्तर्गत अब अर्को खेल आज राति भेनेजुएला र पेरु तथा अर्जेन्टिना र कोलोम्बियाबीच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार