मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेटः आज इंग्ल्यान्डले वेष्ट इन्डिजको सामना गर्दै

शुक्रबार, जेष्ठ ३१ २०७६

काठमाडौं / इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ ।

शुक्रबार हुने एक मात्र खेलमा आयोजक इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।

साउथह्याम्प्टनस्थित ह्याम्प्सायर ओभलमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

इंग्ल्यान्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले र तेस्रो खेलमा बंगलादेशलाई १०६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा इंग्ल्यान्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो ।

यता, वेष्ट इन्डिजले भने पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । तेस्रो खेलमा भने खेल चलिरहेकै बेला पानी परेपछि वेष्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य बन्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार