सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

मन्त्री विष्ट, साउदी अरेबिया र लेबनानी समकक्षी भेटवार्ता

बुधबार, जेष्ठ २९ २०७६

काठमाडौँ(जस–अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग विभिन्न मुलुकका समकक्षीले द्विपक्षीय भेटवार्ता गरेका छन् । मन्त्री विष्टसँग आईएलओको कार्यक्रममा सहभागी हुन जेनेभा पुगेका साउदी अरेबिया र लेबनानका समकक्षीले भेटवार्ता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्री विष्ट र लेवनानका श्रममन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच भएको भेटमा श्रम आप्रवासनका विविध आयामबारे छलफल भएको थियो । त्यस्तै उनसँग मंगलबारै साउदी अरबका श्रम तथा सामाजिक विकासमन्त्री अहमद विन सलमान अलराझीले पनि भेटवार्ता गरे । भेटमा उनीहरूबीच श्रम सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार