मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भारतद्वारा नेपाललाई पुनर्निर्माणको एक अर्ब ६० करोड हस्तान्तरण

मंगलबार, जेष्ठ २८ २०७६

काठमाडौं(जस)–भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ । यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो । २०७२ वैशाख १२ को भूकम्पपछि भएको अन्तर्रा्िष्ट्रय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार