सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सुजुकी सुपर क्यारीमा विशेष अफ

सोमबार, जेष्ठ २७ २०७६

काठमाडौं– सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्स तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बिमा तथा २० हजारको नगद छुट पनि प्रदान गरेको छ । कम्पनीले २ वर्षर३०,००० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनी द्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुबिधा उपलब्ध गराएको छ जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास तालिका अनुसार पर्दछ ।
बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रहेको छ । कम्पनि अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ । ७९३ सिसिको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ विएचपि को ३५०० आरपिएम तथा २००० आरपिएमको अधिकताम ७५ एनएम को टर्क विद्यमान छ । गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दुरीतय गर्ने कुरामा कम्पनीको दावी समेत रहेको छ ।
सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ क्षेत्र रहेको छ भने, ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ ह्वील, मोबाइल चार्जिङ सकेट, डुअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदि जस्ता सुविधाहरु यसमा रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरु हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार