काठमाडौं(जस)–जिबी होलिडेज ट्राभल एण्ड टुरिजम एल.एल.सी. युएईको शाखा कार्यालयको रुपमा जिबी होलिडेज ट्राभल एण्ड टुर्स संचालनमा आएको छ । काठमाडौंको सातदोबाटोमा कार्यालयको सुरुवात गरेको जिबी होलिडेज ट्राभल एण्ड टुर्स स्थापना गरिएको जानकारी जिबी होलिडेज ट्राभल एण्ड टुर्सका एक निर्देशक जि.बी. कार्कीले बताए । विगत एक दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा अनुभव बटुलिसकेको जिबी होलिडेज ट्राभल एण्ड टुर्सले स्वदेश तथा विदेश भ्रमणका लागि आवश्यक पर्ने सबै प्रकार सेवा एवम् सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
यस जिबी होलिडेज ट्राभल एण्ड टुर्सले ग्राहकहरुको चाहना अनुरुप विभिन्न प्रकारका ट्राभल तथा होलिडे प्याकेजहरु एवम् भिसा सम्बन्धी कार्यहरु, होटल बुकिङ्ग, ट्राभल इन्स्योरेन्स, यातायात सुविधा एवम् अन्य परामर्श सेवाहरु शुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ । यस कम्पनीमा कार्यरत अनुभवि कार्यकर्ताहरुले चौबिसै घण्टा आवश्यक परेको बेला उचित परामर्श एवम् सेवाहरु प्रदान गर्दै आइरहेको छ । जिबी होलिडेज ट्राभल एण्ड टुरिजम एल.एल.सी.को लामो अनुभव एवम् उच्च कार्य क्षमताका कारण हाल दुबई एवम् अन्य राष्ट्रहरुमा ट्राभल एण्ड टुर्सका लागि ट्रिप एड्भाइजर बन्न सफल भएको छ । नेपालको पर्यटन विकास एवम् प्रवद्र्धनमा टेवा पुर्याउन नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नेपालमा पर्यटक भित्र्याउने उद्देश्यले यस जिबी होलिडेज ट्राभल एण्ड टुरिजमले अन्य विभिन्न राष्ट्रहरुमा प्रचारप्रसारको सुरुवात गरिसकेको छ ।