काठमाडौं(जस)–हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई फेष्टिभ डिलाइट २०७५’ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विजयीहरुः बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना के.सि.(कुपन नं.९०६) लाई आई ट्वान्टी एक्टिभको साँचो हस्तान्तरण गरे । लक्की ड्र को विजेताहरुको छनौट मे ५ मा भएको थिया । बम्पर लक्की ड्र को विजेताहरुको छनौट कार्यक्रममा कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनाल सहित मिस नेपाल २०१८ श्रृंखला खतिवडाको सहभागिता रहेको थियो ।
साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट कञ्जुमर आई नेपालको अनामनगर स्थित कार्यलयमा भएको थियो । हुण्डाई फेष्टिभ डिलाइट २०७५ अन्तर्गत हुण्डाइ खरिदकर्ताहरुले एक थान क्रेटा, एक थान आई ट्वान्टी एक्टिभ, १०० जनाले १० ग्राम सुन सहित स्क्र्याच कार्ड मार्फत १ लाख सम्मको नगद छुटपनि प्राप्त गरेका छन् । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गरे ।
सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भि्सिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।