सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत वोनस शेयर दिने

सोमबार, जेष्ठ २७ २०७६

काठमाडौं(जस)–प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने निर्णय गर्दै एघारौें बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार