मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

भारतीय क्रिकेटर युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सोमबार, जेष्ठ २७ २०७६

काठमाण्डौँ, जेठ २७– भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन । सन् २०११ मा भारतले विश्वकपको उपाधि जित्दा महत्वपुर्ण सदस्य रहेका बाँया हाते खेलाडी सिंहले नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गर्दै अन्तराष्ट्रिय करियरबाट विदाई लिएका हुन ।
इंग्ल्याण्ड र वेल्समा जारी विश्वकपका टिममा नपरेका सिंह पछिल्लो केहि समयबाट राष्ट्रिय टिम बाहिर रहेका छन । सन्यास कार्यक्रममा बोल्दै सिंहले आफ्नो करियर निकै सफल रहेको बताउँदै भावुक भएका थिए । कार्यक्रममा उनले आफ्नो बुवाको सपना विश्वकप जितेर पुरा गरेको बताए ।

सिंहले तीन सय चार एकदिवसिय खेलमा आठ हजार सात सय एक रन बनाएका थिए । यसका साथै उनले ५८ टी–२० खेलमा एक हजार एक सय ७७ रन बनाएका थिए । २००७ मा टी–२० विश्वकपको उपाधि भारतले जित्दा उनले इंग्ल्याण्डका बलर स्टुवार्ट ब्रोडको एकै ओभरमा छ छक्का प्रहार गरेर कीर्तिमान बनाएका थिए ।२०११ को विश्वकप जितेपछि क्यान्सरको विरामी परेका सिंहले नयाँ जुनी पाएका थिए । त्यसपछि पनि उनले राष्ट्रिय टिममा कमब्याक गर्न सफल भएका थिए । तर पछिल्लो पटक भारतीय टिममा बढ्दो प्रतिस्पर्धा र सिंहको खस्कदो फर्मका कारण उनी टिम बाहिर भएका थिए । जसमा उनले टिममा कमब्याक गर्न सकेननन् । बलिउड नायीक हेजलसँग बैवाहिक जीवन विताइरहेका सिंहले भविष्यमा क्रिकेटबाट टाढा नजाने तर फरक भूमीकामा देखिने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार