मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : आज इंग्ल्याण्ड र बंगलादेश तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

शनिबार, जेष्ठ २५ २०७६

काठमाडौं / इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा इंग्ल्याण्ड र बंगलादेश तथा दोस्रो खेलमा न्युजिल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्याण्ड र बंगलादेश इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा नेपाली समयानुसार दिउँसो सवा ३ बजे मैदान उत्रनेछन् ।

दुवै टोली दोस्रो जितको खोजीमा हुने छन् ।

दुवैले अघिल्ला २ खेलमा एक जित र एक हार व्यहोरेका छन् ।

न्युजिल्याण्ड र अफगानिस्तान इंग्ल्यान्डको टाउटनस्थित कुपर एसोसियसन काउन्टी मैदानमा नेपाली समयानुसार साँझ सवा ६ बजे मैदान उत्रनेछन् । दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रने छन् । जारी विश्वकपमा न्युजिल्याण्डले दुवै खेल जितेको छ भने अफगानिस्तानले दुवै खेल हारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार