काठमाडौं(एजेन्सी)–क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसहित पोर्चुगल नेसन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा पोर्चुगलले स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा रोनाल्डोले ह्याट्रिक गरेका हुन् । रोनाल्डोले खेलको २५औं, ८८औ र ९०औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
त्यस्तै स्विटजरल्याण्डका लागि भने रिकार्डो रोड्रीगोजले खेलको ५७औ मिनेटमा एक गोल गरेका थिए । रोनाल्डोको क्यारियरको यो ५३औ ह्याट्रिक हो भने पोर्चुगलको लागि सातौ ह्याट्रिक हो । योसँगै रोनाल्डोले आफ्नो अन्तर्रा्ष्ट्रिय क्यारियरमा विभिन्न ३८ देशविरुद्ध गोल गर्न सफल भएका छन् । युइएफएले सुरु गरेको पहिलो नेसन्स कपको फाइनलमा अब पोर्चुगलले इङल्याण्ड र नेदरल्याण्डबीचको विजेतासँग आगामी आइतबार खेल्ने छ ।