मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एपीएफलाई हराउदै पुलिस फाइनलमा

बिहिबार, जेष्ठ २३ २०७६

उपाधिका लागि आर्मीसँग खेल्ने
काठमाडौं(जस)–नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साबिक विजेता एपीएफमाथि ५ विकेटको रोमान्चक जित हासिल गर्दै फाईनलमा पुगेको हो । अब यो सँगै उपाधिको लागि आर्मी र पुलिस शनिवार खेल्ने भएका हुन् । आर्मीले बुधबार पहिलो सेमिफाईनल खेलमा प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले हराउँदै फाईनलमा स्थान पक्का गरेको थियो ।
पुलिसले एपीएफले दिएको सामान्य ४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । पुलिसका लागि पवन सरार्फले १४ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा अविजित रहे भने दिपेन्द्र सिंह ऐरीले १३ रन बनाए । पुलिसका अनिल कुमार शाह शुन्यमा, सुनिल धमला ३ रनमा आउट भएका थिए । त्यस्तै अमित श्रेष्ठ १ रनमा र दिलिपनाथ २ रनमा आउट भएका थिए । एपीएफका लागि बसन्त रेग्मीले ३ र शरद भेषवाकरले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको एपीएफ २२.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र बनाएको थियो । यस खेलमा एपीएफका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाल पुलिसका स्पिनरले एपीएफको ब्याटिंग लाइन ध्वस्त पारेका थिए । एपीएफका लागि शरद भेषावकर र पृथु बास्कोटा ७(७, आसिफ सेख, प्रदीप ऐरीर सुमित महर्जन २(२ रनमा, वसन्त रेग्मी शून्य, सन्दिप जोरा ५ रन जोड्दै आउट भए । कमलसिंह ऐरी १, दिपेन्द्र रावत २ र अभिनाश बोहोरा ३ रनमा पेभेलियन फर्किए । अमरसिंह राउटेला ६ रनमा नटआउट रहेका थिए । पुलिसका लागि ललित राजवंशीले ६ ओभरमा ८ रन खर्चेर सर्वा्धिक ४ विकेट लिए । त्यस्तै सागर ढकालले ८.१ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए भने कुशल भुर्तेलले पनि ५ ओभरमा १ मेडनसहित ३ विकेट लिए । अब फाइनल खेल आर्मी र पुलिसबीच आगामी शनिबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार