मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : आज अष्ट्रेलियाले वेष्ट इण्डिजको सामना गर्दै

बिहिबार, जेष्ठ २३ २०७६

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।

बिहिबार हुने एक मात्र खेलमा दुई उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको नटिङघममा नेपाली समयानुसार दिउँसो सवा ३ बजे मैदान उत्रनेछन् ।

ट्रेण्ड ब्रिज स्टेडियममा मैदान उत्रदा दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहने छन् ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । वेष्ट इण्डिजले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार