सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

चन्दा नदिदाँ मस्जिदमै कुटिए राजपुरको मेयर सकिल

बुधबार, जेष्ठ २२ २०७६

आर.एन.पटेल
रौतहट/जेष्ठ २२ – प्रदेश नं.२ अन्तर्गत रौतहट जिल्लाको राजपुर नगरपालिकाको मेयर महम्मद शकिल अख्तरलाई मुस्लीमहरुको महान पर्व ईदउल फित्रको अवसरमा गाउँका स्थानीय युवाहरुले ईदको कार्यक्रम गर्न चन्दा नदिएको निहुमा कुटपिट गरी घाईते बनाएका छन ।

रौतहटको राजपुर नगरपालिाको मेयर अख्तर गाउँकै महमुदिया मस्जिदमा मंगलबार राति नेमाज पढ्न गएको अवस्थामा स्थानीय २० बर्षिय युवक शेख काशिम नेशार सहित चार जना युवाहरुको समुहले कुटपिट गरेका हुन् । ईदमा कार्यक्रम गर्नका लागि स्थानीय युवाहरुले मयेर अख्तर संँग चन्दा सहयोग मागँ गरेको थिए ।

ईदको अघिल्लो दिन मंगलवार चन्दा माग्न स्थानीय युवाहरु जाँदा मेयर अख्तरले साँझ दिन्छु भनेका थिए तर काम विषेशले मेयर ढिलो चन्दा दिन नसक्दा रातिको समयमा मस्जिदमा नेमाज पढ्न जाँदा नेशार सहितका केही युवाहरुले यही चन्दा दिनुस भन्दा अहिले पैसा बोकेको छैन जवाफ दिएपछि आक्रोशित बनेका युवक कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।
मस्जीदमा नेमाजका लागि गएको बेला स्थानियले आफू सँग सहयोग रकम माँग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा ति व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दा आँखामा चोट लागेकोे मेयर सकिलले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले टाउको र आँखामा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि वीरगंज पठाइएको तथा राति नै उपचार पछि पर्वका लागि उनीहरु घर फर्किसकेको बताए । मेयर माथि आक्रमण गरेका व्यक्तिहरु फरार रहे पनि उनीहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको डिएसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार