मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

जारी विश्वकप जोय रुटले बनाए पहिलो शतक

मंगलबार, जेष्ठ २१ २०७६

काठमाडौ / जारी विश्वकपमा इङल्याण्डका जोय रुटले पाकिस्तानविरुद्ध शतक बनाउदै यस विश्वकपको पहिलो शतक प्रहार गरेका छन् । गएराती सम्पन्न खेलमा रुटले १०७ रनको पारी खेले भने सोहि खेलमा इङल्याण्डका जोस बटलरले समेत १०३ रनको शतकीय पारी खेल्दै यस विश्वकपको दोस्रो शतक बनाए । रुट र बटलरले शतकीय पारी खेले पनि इङल्याण्डलाई हारबाट भने बचाउन सकेकन् । यसरिपोर्टमा हामी विश्वकपमा बनेका शतक र रेकर्ड्सका बारेमा चर्चा गर्ने छौ ।
विश्वकपको यस १२औ संस्करणसम्म आइपुग्दा अहिलेसम्म यस विश्वकपका दुई शतक सहित १६७ शतक बनेका छन् । विश्वकपमा धेरै शतक बनाउने रेकर्डपनि भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले ४५ खेलमा कुल ६ शतक बनाएका छन् । जसमा उनको सर्वा्धिक रन १५२ रहेको छ । त्यस्तै दोस्रो धेरै शतक बनाउने खेलाडी श्रीलंकाका कुमारा संगाकारा र अस्टेलियाका रिक्की पोन्टिङ हुन् । संगाकाराले ३७ खेलमा र पोन्टिङले ४६ खेलमा ५–५ शतक बनाएका छन् । त्यस्तै भारतका सौरभ गांगुली, दक्षिण अफ्रीकाका एबी डिभिलीयर्स, अस्ट्रेलियाका मार्क वाग, श्रीलंकाका तिलकरत्ने दिलसान र महिला जयवर्धनेले ४–४ विश्वकप शतक प्रहार गरेका छन् ।
त्यस्तै अहिलेसम्मका विश्वकपमा कुल १६५ शतक बनेका छन् । पहिलो विश्वकप सन् १९७५ मा कुल ६ शतक बनेका थिए भने दोस्रो विश्वकप सन् १९७९ मा केवल २ शतक बनेका थिए । त्यस्तै तेस्रो विश्वकप सन् १९८३ मा कुल ८ शतक बनेका थिए । त्यस्तै सन् १९८७ मा ११ शतक, सन् १९९२ मा ८ शतक र १९९६ मा १६ शतक बनेका थिए । त्यस्तै सन् १९९९ मा ११ शतक बने भने सन २००३ मा २१ शतक बनेका थिए । त्यस्तै सन् २००७ मा २० शतक बने भने सन् २०११ मा २४ शतक बनेका थिए । त्यस्तै सन् २०१५ मा अहिलेसम्म कै धेरै ३८ शतक बनेका थिए ।
त्यस्तै विश्वकपमा एक पारीमा धेरै रन बनाउने खेलाडी न्यूजिल्यान्डका मार्टिन गप्टिल हुन् । गप्टिलले सन् २०१५ विश्वकपमा वेस्टइन्डिजविरुद्ध २३७ रन बनाएका थिए । त्यस्तै विश्वकपमा एक पारीमा धेरै रन बनाउने दोस्रो खेलाडी वेस्टइन्डिजका क्रिस गेल हुन् । गेलले सन् २०१५ विश्वकपमा जिम्बाबेविरुद्ध २१५ रन बनाएका थिए । त्यस्तै यस सुचिमा तेस्रो स्थानमा दक्षिण अफ्रिकाका गेरी क्रिष्टन रहेका छन् । गेरीले सन् १९९६ विश्वकपमा युएईविरुद्ध १८८ रन बनाएका थिए । त्यस्तै यस सुचिमा चौथो स्थानमा भारतका सौरभ गांगुली रहेका छन् । गांगुलीले सन् १९९९ विश्वकपमा श्रीलंकाविरुद्ध १८३ रन बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार